माछापुच्छ्रे कृति क्यापिटलको साधारण सभा आज, कति प्रतिशत लाभांश ?

४ बर्ष अगाडि

काठमाडौं, माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आज कात्तिक १० गते बस्ने भएको छ । सभा एम्बेस्सी रेष्टुरेन्ट पानीपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा १३.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
 
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया