नेपाल बङ्गलादेश बैंकले डाक्यो साधारण सभा, १५.५० प्रतिशत लाभांश वितरण गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको २७औँ वार्षिक साधारण सभा मंसिर २ गते बैंकको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुने भएको हो । 

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गरिने छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया