एनआईसी एशिया लघुवित्तको नाफा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार उक्त अवधिमा बैंकको व्यवसायसँगै खुद नाफा पनि उल्लेख्य वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०३.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५०.५१ प्रतिशत बढेको छ । फि, कमिशन तथा डिस्काउण्ट आम्दानी उल्लेख्य बढेका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफाको वृद्धिदर धेरै देखिएको हो । 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५५ पैसाबाट १९ रुपैयाँ ८६ पैसा बढेर ३७ रुपैयाँ ४१ पैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया