साधना लघुवित्तको नाफा ३ करोड २९ लाख बढि, प्रतिसेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

कम्पनीले सार्वजनिक गरेको  चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८८.३९ प्रतिशतले बढि हो । 

गत वर्षको यही अवधिमा संस्थाले  १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५८९.२७ प्रतिशतले बढेर ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७१ लाख ५८ हजार रूपैयाँमा सिमित रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको अन्य सञ्चालन आम्दानी भने १८.६७ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी ९ईपीएस० ५१ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३५.८५ गुणा रहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया