काठमाडौं, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट कार्तिक ३ गते, बुधबार स्वीकृत भए अनुसार इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा ५ प्रकारका बीमा योजनाहरूका लागि प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।
कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तै बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा न्युनतम ३८ रुपैयाँ देखि ६० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।
प्रतिक्रिया