काठमाडौं, एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब रुपैयाँबराबरको १ करोड ७१ लाखभन्दा बढी कारोबारहरु प्रोसेस र फछ्र्यौट गरेको छ। गत आर्थिक वर्षको तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७ प्रतिशत ले वृद्धि भएको हो।
पहिलो त्रैमासमा ईसीसीमा जम्मा २८.९ खर्ब रुपैयाँबराबरको ४१ लाख ५३ हजारभन्दा बढी चेक कारोबार भएका छन्।
बैंकका शाखा तथा एनपीआईबाट आईपीएसमा गरिने कारोबार ५.५ खर्ब रुपैयाँबराबरको ३२ लाख ८६ हजारभन्दा बढी कारोबार भएका छन्।
त्यस्तैगरी बैंक तथा वित्तीय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्टआईपीएसमा ६.९ खर्ब रुपैयाँबराबरको ९७ लाख ४७ हजारभन्दा बढी कारोबार भएका छन्।
एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्टआईपीएसबाट गरिने कारोबारहरुमा उल्लेख्य वृद्धि भएको छ। विद्युतीय कारोबारको स्वीकार्यता तथा प्रयोग वृद्धिसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देशले नेपालको विद्युतीय कारोबार पछिल्लो समयमा निकै बढ्दै गएको देखिन्छ।
प्रतिक्रिया