लुम्बिनी विकास बैंकको लाभांश घोषणा,  १० % बोनस शेयर

४ बर्ष अगाडि

काठमाडौं, लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित ३.७१२ प्रतिशत नगद लाभांश गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कात्तिक ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी २अ र्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा रहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया