बैंक अफ काठमाण्डूको लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं- बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ।

गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड २१ लाख ४४ हजार ७००.०६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने ९६ करोड ५८ लाख १७ हजार ६४२.९० रुपैयाँबराबरको बोनस सेयर र ४ प्रतिशतले हुन आउने ३८ करोड ६३ लाख २७ हजार ५७.१६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ। 

 

४ बर्ष अगाडि

प्रतिक्रिया