सानिमा माईको साधारण सभा कात्तिक ११ गते, लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं,  सानिमा माई हाइड्रोपावरले बिहीबार कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साथमा एकैसाथ भर्चुअल माध्यमबाट पनि सभा चल्नेछ । 

सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिएको छ। सानिमा माईले सभामा १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदैछ । 

यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया