काठमाडौं, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकहरुले निक्षेप बढाएका छन् । यो अवधिमा २७ वाणिज्य बैंकहरुमा गरी ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपिएको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४ अर्ब रुपैयाँ थियो । असोज मसान्तमा ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपिएपछि कुल निक्षेप ४२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा सनराइज बैंकले २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप थप गरेको छ । उक्त बैंकले असोज महिनामा व्यक्तिगत मुद्दतीतर्फ १०.०७ प्रतिशत ब्याज तोकेको थियो । यसैगरी सानिमा बैंक, एनसिसी बैंक, एनआइसी एसिया बैंक, नेपाल बैंक, कुमारी बैंक र एनएमबि बैंकको पनि निक्षेप संकलनमा बृद्धि भएको छ ।
प्रतिक्रिया