काठमाडौं, चालु आर्थिक वर्षको दोस्रो महिनासम्ममा नेपालको शेधानान्तर स्थिति ८३ अर्ब रुपैयाँभन्दा धेरैले घाटामा पुगेको छ। केन्द्रीय बैंकको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । गत साउनसम्ममा शोधानान्तर स्थिति ३८ अर्बले ऋणात्मक थियो।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले घटेर १ अर्ब २५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४।६ प्रतिशतले वृद्धि भई ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४४ करोड रहेको थियो ।
प्रतिक्रिया