काठमाडौं, चालु आर्थिक वर्षको पहिलो २ महिनामा डेढ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ६.३ प्रतिशतले कम हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा वढेर ३८ हजार ४९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९।२ प्रतिशतले घटेको थियो ।
त्यसैगरी,वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया