प्रभु लाइफ बोनस दर सार्वजनिक, न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम कतिसम्म ?

४ बर्ष अगाडि

काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कार्तिक ५ गते स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सार्वधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन ।

यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ३५ रुपैयाँ देखि ५१ हजार रुपैयाँ बोनस पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया