काठमाडौं, एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत अर्थात ९ करोड १२ लाख रपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया