काठमाडौं, कात्तिक पहिलो साता बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुबै घटेको छ। नेपाल बैंकर्स संघको तथ्याँक अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन कात्तिक पहिलो साता २० अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ।
कात्तिक ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ। जसमा १ खर्ब ३५ अर्ब रुपैयाँ विदेशी निक्षेप रहेको छ भने ४१ खर्ब १३ अर्ब रुपैयाँ स्वदेशी मुद्राको निक्षेप रहेको छ।
बैंकहरुसँग लगानीयोग्य रकम कम भएपछि पछिल्लो समय बैंकहरुले कर्जा लगानीमा पनि कडाई गरेका छन्। यसले गर्दा बैंकहरुको कर्जा लगानी पनि बढेको छैन। कात्तिक ७ गतेसम्ममा वाणिज्य बैंहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ।
बैंकहरुको निक्षेप संकलन उच्च रुपले घट्दा उनीहरुको सिडि रेशियोमा भने थप चाप परेको छ। संघको तथ्याँक अनुसार गत शुक्रबारसम्ममा वाणिज्य बैंकहरुको औसत सिडि रेशियो ८९.२२ प्रतिशत रहेको छ।
प्रतिक्रिया