बैंक अफ काठमाण्डू र नेपाल पेमेन्ट सोलुसन्सबिच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता

४ बर्ष अगाडि

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई समयसापेक्ष गुणस्तरिय सेवा दिर्दै आइरहेको र यस्तै गुणस्तरिय डिजिटल सेवालाई अझै विस्तारित गर्न यस बैंकले श्री नेपाल पेमेन्ट सोलुसन्स् संग सहकार्यको लागि सम्झौता गरेको छ । 

यस सम्झौता अनुसार बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्बाट उपलब्ध हुने सेवाहरु रकम स्थानान्तरण, वालेटहरुमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुबिधाहरु पाउनेछन् । 

उक्त सम्झौतामा बैंकको तर्फबाट अमर राजभण्डारी र दिलन शाक्य तथा  नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लि.को तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठले एक समारोहको बिच हस्ताक्षर गरेका हुन् । 

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक हरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया