कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा हुने कम्पनीले जानकारी गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया