काठमाडौं - केयर रेटिङ नेपाल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मंगलवार भोली हुँदैछ ।
सभा दिनको २:३० बजे केयर रेटिङ नेपाल लिमिटेडको दोस्रो तल्ला स्टार मल पुतलीसडकमा हुने भएको छ । सभाले २१.०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, शेयरधनीहरुको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्त गर्ने पनि प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया