मुक्तिनाथ क्यापिटलको साधारण सभा कात्तिक २३ गते, शतप्रतिशत हकप्रद निष्कासन गर्दै

४ बर्ष अगाडि

काठमाडौं , मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।  

सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । 
 
सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया