सिद्धार्थ बैंक र नेपाल बैंकद्धारा लाभांश प्रस्ताव, कुनको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

यस्तै नेपाल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर समेत गरेर कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया