सपोर्ट लघुवित्तद्धारा ३१।५७ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

४ बर्ष अगाडि

काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद गरी कुल ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया