शिवम् सिमेन्टको २९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - शिवम् सिमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि कार्तिक ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो । 

त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम हुने शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छैठौँ वार्षिक साधारण सभा कार्तिक १६ गते, मंगलबार होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया