बीमाको पहुँच २८.१५ प्रतिशत पुग्यो, बीमा शुल्क ३८ अर्ब १८ करोड ६ लाख

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको असोजसम्ममा बीमाको पहुँच २८.१५ प्रतिशत पुगेको छ । बीमा समितिको तथ्यांक अनुसार बैदेशिक रोजगार (म्यादी बीमा) सहित सो बराबरको जनसंख्यामा बीमाको पहुँच विस्तार भएको हो ।

म्यादी बीमा बाहेक बीमाको पहुँच २६.३६ प्रतिशत रहेको छ । यो गत आर्थिक वर्षको यहि अवधिमा २२.६१ प्रतिशत मात्रै रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क १८.२८ प्रतिशतले बढेर ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ पुगेको छ । 

यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २७.८८ प्रतिशतले धेरै हो । यस अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल ४७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

हाल १९ जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३९ अर्ब ४४ करोड र २० वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २९ अर्ब ९२ करोड रुपैयाँ रहेको बीमा समितिको तथ्यांक छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया