सपोर्ट लघुवित्तको ३१.५७ प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ६ करोड ६० लाख रुपैयाँको कुल ३१.५७ प्रतिशतले हुन आउने २ करोड ८ लाख ४२ हजार १०५.२६ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ३० प्रतिशतले हुन आउने १ करोड ९८ लाख रुपैयाँबराबरको बोनस सेयर र १.५७ प्रतिशतले हुन आउने १० लाख ४२ हजार १०५.२६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया