काठमाडौं, मेगा क्यापिटल मार्केट्स लिमिटेडले कात्तिक २६ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय सभा सांकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभाले सञ्चालक समिति प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्तापूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर सहितं) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया