निष्क्रिय कर्जा घटेसँगै बेष्ट फाइनान्स नाफामा गयो, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - बेष्ट फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्स सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार निष्क्रिय कर्जा घटेसँगै फाइनान्स नाफामा गएको देखिन्छ ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो नाफा ८९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

निष्क्रिय कर्जा उल्लेख्य घटेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा फाइनान्सको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा १४.२६ प्रतिशतबाट घटेर ४.०५ प्रतिशतमा झरेको छ । 

त्यसैगरी, असोज मसान्तसम्ममा फाइनान्सको १२ करोड ६६ लाख ९८ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत घटेको छ । यद्यपी, फाइनान्सको कुल सञ्चालन आम्दानी ८०.३९ प्रतिशत बढेको छ । 

फाइनान्सको खुद नाफा ऋणात्मकबाट धनात्मक भएपनि वितरण योग्य मुनाफा भने २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा फाइनान्सको जगेडा कोष ९४.७१ प्रतिशत बढेको छ भने निक्षेप ४.३२ प्रतिशत र कर्जा ५३.११ प्रतिशत बढेको छ ।

त्यसैगरी, असोज मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ४७ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया