सिटिजन्स बैंक इन्टरनेशनलका सीइओ गणेशराज पोखरेलको तलब १ करोड ३१ लाख बढि

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गणेशराज पोखरेललाई बैंकले गत आवमा पारिश्रमिक, भत्ता तथा सुविधा बापत १ करोड ३१ लाख बढि रुपैयाँ बुझेका छन् । बैंकका सीइओ पोखरेलले आव २०७७/७८ मा पारिश्रमिक, भत्ता तथा सुविधा बापत १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका हुन ।  

पोखरेलले तलब वापत ८४ लाख रुपैयाँ, भत्ता वापत ३० लाख रुपैयाँ, ९ लाख ५० हजार रुपैयाँ दशैं भत्ता र सञ्चयकोष योगदान बापत ८ लाख ४० हजार रुपैयाँ बुझिलिएको बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

बैंक मार्फत बुझेको रकमबाट सीईओ पोखरेलले ६५ लाख ३३ हजार १७३ रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् । वार्षिक प्रतिवेदनमा बैंकका अन्य कार्यकारी पदाधिकारीहरुलाई २ करोड ३० लाख २६ हजार ६४४ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बापत खर्च गरेको छ । 

जसमा तलबमा १ करोड २१ लाख १७ हजार २५९ रुपैयाँ, भत्ता वापत ७९ लाख २९ हजार ५८६ रुपैयाँ, दशैं भत्ता वापत १८ लाख ५९ हजार ७०५ रुपैयाँ र सञ्चयकोष योगदान वापत ११ लाख २० हजार ९४ रुपैयाँ खर्च भएको उल्लेख गरेको हो । 

बैंकका अन्य कार्यकारी पदाधिकारीहरुलाई दिएको तलबव तथा सुविधाबाट राज्यलाई ८९ लाख ८४ हजार ३०४ रुपैयाँ आयकर राजस्व तिरिएको छ । सञ्चालकहरुले बैठक भत्ता बापत ३४ लाख ९९ हजार रुपैयाँ बुझेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया