२१ बाणिज्य बैंकले गरे नयाँ व्याजदर सार्वजनिक, कुन बैंकको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं, राष्ट्र बैंकको हस्तक्षेप पछि बैंकहरुले व्याजदर घटाउन थालेका छन् । 

पछिल्लो समयमा व्याजदर ११ प्रतिशतसम्म पुराएका बैंकहरुले दोहोरो अंक भन्दा मुनि व्याजदर कायम गरेका छन् । यो निक्षेप तर्फ एकबर्षे मुद्धतिको व्याजदर हो । निक्षेपमा व्याजदर बढाएपछि कर्जामा स्वतह व्याजदर बृद्धि हुने देखिन्छ । राष्ट्र बैंकले यसअघि तोकिएको ब्याजदरमा एकमहिनामा १० प्रतिशत भन्दा माथि व्याजदर बढाउन नपाइने प्रावधान ल्याएको छ । बैंकहरुले धमाधम नयाँ व्याजदर प्रकाशित गर्न थालिसकेका छन् । ११ प्रतिशत व्याजदर तोकेका बैंकहरु नौ दशमलव ३६ प्रतिशत व्याजदरमा ओर्लीएका छन् ।

कुन बैंकको एकबर्षे मुद्धतिमा नयाँ व्याजदर कति प्रतिशत ?

माछापुच्छ्रे ९.३६,सिटिजन्स ८.८०,ग्लोबल आइएमई ९.३६, हिमालयन ९.३६, सनराइज ९.०६, कृषि विकास ८.८५, नबिल ९.३६, मेगा ९.३६, एसबिआई ९.३६, राष्ट्रिय वाणिज्य ८.३६, प्रभु ८.५७, नेपाल ८.३६, एभरेस्ट ९.३६, सानिमा ९.०६, एनआइसी एसिया ९.३६, सिद्धार्थ बैंक ९.३६, सिभिल ९.३६, सेन्चुरी ९.३६, कुमारी ९.३६, प्राइम ९.३६र एनएमबी ९.३६ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया