११ लाख जरिवाना ठहर बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

४ बर्ष अगाडि

काठमाडौं- बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीले भक्तपुर सूर्यविनायक- ८ बस्ने महोत्तरीका ४५ वर्षीय रामनाथ सिंहलाई बुधबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई काठमाडौं कमलपोखरीबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

सिंहले आफ्नो खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भई उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया