काठमाडौं - नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल इक्विटी फण्डले गत आर्थिक वर्षको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।
नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग योजना व्यवस्थापक सहित सञ्चालित यी दुबै फण्डहरुले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको प्रतिफल जम्मा गरेको हो ।
नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत र नबिल इक्विटी फण्डले ४० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।
यी दुबै फण्डले प्रतिफल वितरण प्रयोजनार्थ असोज ११ गते बुकक्लोज गरेका थिए । यस अनुसार सोभन्दा अघिल्लो दिन अर्थात असोज १० सम्म नेप्सेमा कारोबार भइ कायम रहेका र हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराएका इकाईधनीहरुको खातामा सो प्रतिफल जम्मा गरेको हो ।
प्रतिक्रिया