काठमाडौं - सानिमा बैंकले बुधबार काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका, ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे ।
यसैगरी बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका, २ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया