कुमारी बैंकद्धारा नयाँ शाखा उपत्यकामा विस्तार

४ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंकले काठमाडौं उपत्यकामा आफ्नो नयाँ शाखा औपचारिक रुपमा संचालनमा ल्याएकोे छ । बागमती प्रदेशको काठमाडौँ महानगरपालिका वडा नं। ८, स्थित सिफल शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखा सँगै गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरु पुगेको छ ।नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिंग इकाईहरु रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया