काठमाडौं - पहिलो त्रैमासमा बैंकहरुले निक्षेपको ५ गुणा बढी कर्जा लगानी गरेका छन् । ३ महिनाको अवधिमा बैंकहरुको कर्जा लगानी ७.४६ प्रतिशतले बढेको छ ।
गत असार अन्तिमसम्ममा ३७ खर्ब २० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी असोज अन्तिमसम्ममा ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यो भनेको २ खर्ब ७७ अर्ब रुपैयाँको बृद्धि हो । जम्मा ६७ अर्ब रुपैयाँले बढेको निक्षेपसँग तुलना गर्ने हो भने कर्जा लगानी निक्षेप संकलनभन्दा ५ गुणाभन्दा धेरै हो ।
पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले कर्जा लगानी सबैभन्दा धेरै १६.१८ प्रतिशतले बढाएको छ भने सनराइज बैंकले पनि १४.७८ प्रतिशतले बढाएको छ ।
यो ३ महिनामा निक्षेप घटेका बैंकहरुले पनि कर्जा लगानी भने बढाएका छन् । पहिलो त्रैमासमा सबैभन्दा धेरै निक्षेप घटेको नेपाल बंलादेश बैंकले कर्जा लगानी भने ४।७४ प्रतिशतले बढाएको छ ।
समिक्षा अवधिमा प्रभु बैंकको कर्जा लगानी सबैभन्दा कम २.५७ प्रतिशतले मात्रै बढेको छ भने मेगा बैंकको पनि २.७० प्रतिशतले मात्रै बढेको छ ।
प्रतिक्रिया