काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेयर संरचना परिवर्तन गर्ने भएको छ ।
बैंकको संस्थापक शेयरधनी समुहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहरुका सेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैंकले सेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी सकेको छ । बैंकले यदि सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक सेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस सेञ्चुरी कमसियल बैंक लिमिटेड केन्द्रीय कार्यालय, पुतलीसडकमा सम्पर्क राखी लिखित रुपमा निवेदन दिन अनुरोध गरेको छ ।
प्रतिक्रिया