रैराङ हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोली अर्थात कात्तिक ४ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले कात्तिक १७ गते आफ्नो केन्द्रिय कार्यालय, थापाथलीमा अठारौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे जुमको सहायताबाट सञ्चालन हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया