वाणिज्य बैंकहरुले दुई महिनामा साढे १३ अर्ब नाफा कमाए

४ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । 

नेपाल राष्ट्र बैंकको मासिक विवरण अनुसार बैंकहरुको दुई महिनामा १३ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

भदौ महिनामा मात्रै बैंकहरुले ७ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्ले महिना अर्थात साउनमा वाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए । 

साउनको तुलनामा भदौमा नाफा अझै बढेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया