सगरमाथा छाडेका रावल पुडेन्सियल इन्स्योरेन्सको सीईओ बन्दै

४ बर्ष अगाडि

सगरमाथा इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ छाडेका श्रवणकुमार (एकसे) रावल पुडेन्सियल इन्स्योरेन्सको सीईओ नियुक्त हुने भएका छन् । 

सगरमाथा छाडेपछि हिँजो कात्तिक १ देखि  सिनियर डेपुटी सीईओमा नियुक्त गरेको पुडेन्सियल इन्स्योरेन्सले उनलाई सीईओ नियुक्त गर्ने भएको हो । 

भोलि कात्तिक ३ गते बस्ने सञ्चालक समिति बैठकले रावललाई सीईओमा नियुक्त गर्न स्वीकृतीको लागी बीमा समितिमा पठाउने तयारी रहेको बताइएको छ। 

ओरिण्टल इन्स्योरेन्सबाट बीमाको करिअर सुरु गरेका रावलले बीमा क्षेत्रमा ३५ वर्षकाृ अनुभव संगालेका छन् । ओरिण्टलपछि नेको इन्स्योरेन्समा २२ वर्ष काम गरेका रावल ४ वर्षअघि सगरमाथा इन्स्योरेन्सको डेपुटी सीईओ बनेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया