लाभांस पारित गर्न १६ कात्तिकमा सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा

४ बर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंकले बोनस सेयर पारित गर्न कात्तिक १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

काठमाडौंस्थीत लैनचौर ब्यांक्वेटमा बिहान १० बजेदेखि सुरु हुने १७ औं साधारण सभाले गत वर्षको नाफाबाट १०।५२५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बैंकले गत वर्षको नाफाबाट १०५ बोनस सेयर र कर प्रयोजनको लागि ०।५२५ नगद लाभांश वितरण गर्न लागेको हो ।
 
साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । 

सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । सभा प्रयोजनको लागि बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, लाभांश र सभामा सहभागी हुन कात्तिक ४ गते बिहीबारसम्म यस बैंकको सेयर खरिद गर्नुपर्ने हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया