एक महिनामै बढाए बैंकले ब्याज, यही हो बैंकमा पैसा राख्ने मौका

४ बर्ष अगाडि

लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर बढाएका छन् । असोजदेखि लागू हुनेगरी बचत तथा मुद्दतीमा नयाँ ब्याज तोकेका बैंकहरुले एक महिनाको छोटो अवधिमै फेरी निक्षेपको ब्याजदर बढाएका हुन् । 

बैंकहरुले दिने कर्जा प्रवाह उच्च दरले बढेसँगै बैंकमा लगानीयोग्य रकमको अभाव देखिएको छ । जसका कारण असोजमा व्यक्तिगत मुद्दतीमा अधिकतम १०.०७ प्रतिशत ब्याज कायम भएकोमा कात्तिकमा आउँदा ब्याजदर बढाएर ११.१० प्रतिशतसम्म पु–याएका छन् । साधारण बचतमै ब्याजदर ८.१० प्रतिशतसम्म पुगेको छ ।

एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ११.१० प्रतिशत ब्याज तोकेको छ। उसले बचतमा पनि अरु बैंकले भन्दा धेरै ६.१० देखि ८.१० प्रतिशत सम्म, नबिल बैंकले साधारण बचतमा ४.२६ देखि ६.२६, मुद्धतीमा ८.७६ ब्याज तोकेको छ ।

सिभिल बैंकले साधारण बचतमा ५.६१ देखि ६.५१ र मुद्धतीमा ८।५१ देखि १०।११, ग्लोबल आइएमई बैंकले साधारण बचतमा ४।५ र मुद्धतीमा ८।८ देखि ९, बिओकेले साधारण बचतमा ५।०७ देखि ६।५७ र मुद्धतीमा ९।५७, सेन्चुरी बैंकले साधारण बचतमा ५।२५ देखि ६।२५ र मुद्धतीमा ९।२५ देखि ९।७५ सम्म, सिटिजन्स बैंकले साधारण बचतमा ४।७६ देखि ५।०६ र मुद्धतीमा ९।२६, एभरेष्ट बैंकले साधारण बचतमा ३।६ देखि ४ प्रतिशत र मुद्धतीमा ७ देखि ८ प्रतिशत ब्याज तोकेका छन् । 

त्यसैगरी हिमालयन बैंकले साधारण बचतमा ६।६७ देखि ७।६७ र मुद्धतीमा ८।५ देखि ९ प्रतिशत, कुमारी बैंकले साधारण बचतमा ५।३१ देखि ७।३१ र मुद्धतीमा ८।८१ देखि ९।८१, माछापुच्छ्रे बैंकले साधारण बचतमा 
५ देखि ६।२५ र मुद्धतीमा ९।५, मेगाले साधारण बचतमा ४।२७ देखि ५।७७ र मुद्धतीमा ८।७७, नेपाल बंगलादेश बैंकले साधारण बचतमा ५।२८ र मुद्धतीमा १० देखि १०।२८ प्रतिशत सम्म ब्याज दिने जनाएका छन् । 

त्यस्तै एनएमबिले साधारण बचतमा ४।५७ देखि ६।५७ र मुद्धतीमा ९।५७, नेपाल एसबिआई बैंकले साधारण बचतमा ४।५६ र मुद्धतीमा ५।०६ देखि ८।५६, सिद्धार्थ बैंकले  साधारण बचतमा ५।३ र मुद्धतीमा १०।३, प्राइम बैंकले  साधारण बचतमा  ४।७६ र मुद्धतीमा ९ देखि ९।७५ प्रतिशत ब्याज तोकेका छन् । 

कृषि विकास बैंकले साधारण बचतमा ४ देखि ५ र मुद्धतीमा ७।५ देखि ९, राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३।५५ देखि ५।०५ र मुद्धतीमा ६ देखि ८।५५, प्रभु बैंकले साधारण बचतमा  ३।२५ देखि ५ र मुद्धतीमा ७।७५ देखि ८।२५, नेपाल बैंकले   साधारण बचतमा ३।०५ देखि ४।५५ र मुद्धतीमा ८।०५ र स्टान्डर्ड चार्टड बैंकले साधारण बचतमा २।५० देखि ४ र मुद्धतीमा ५ देखि ७।५ प्रतिशत ब्याजदर तोकेका  छन् । 


सनराइज, सानिमा लगायत केही बैंकले भने ब्याजदर सामान्य घटाएका छन् ।  सनराइजबैंकले साधारण बचतमा ५।०७ र मुद्धतीमा ८ देखि ९ र सानिमा बैंकले साधारण बचतमा ३।५ देखि ४ र मुद्धतीमा ६ देखि ८ प्रतिशत ब्याज तोकेका छन् । 

नेपाल बैंकर्स एसोसिएसनका अनुसार २७ वाणिज्य बैंकहरुमा असोज तेश्रो सातासम्म ८४ अर्ब निक्षेप थपिँदा १ खर्ब ११ अर्ब कर्जा प्रवाह भएको थियो । अहिले सम्म नेपालका २७ वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब र कुल कर्जा ३९ खर्ब ८३ अर्ब पुगेको छ ।

कोरोनाको असर न्यून हुँदै गएकाले कर्जाको माग अझै बढ्ने अनुमान छ । जसका कारण बैंकमा कर्जा प्रवाहका लागि लगानीयोग्य रकम जुटाउन निक्षेपमा ब्याजदर बढाएको बैंकहरुले बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया