काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले कार्तिक २२ गते सोमबार दिनको ११ बजे न्यू अञ्जुली होटल, धनकुटामा छैठौं वार्षिक साधारण सभा बोलाएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६.९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार रुपैयाँ नगद लाभांश साधारण सभाबाट पारित गर्नेछ ।
यस्तै, लघुवित्तको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ ।
प्रतिक्रिया