कठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि बुकक्लोज गर्ने भएको छ । त्यसैले, आज सम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीको बीसौँ वार्षिक साधारण सभा कार्तिक १२ गते हुँदैछ । सभामा कम्पनीको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया