साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे जुम माध्यमबाट हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया