काठमाडौं - असोज महिनामा फाइनान्स कम्पनीहरुले आपसी छलफलबाटै ब्याजदर नबढाउने अनौपचारिक निर्णय गरेका थिए ।
असोज महिनाको लागि अधिकतम मुद्दतीमा साढे ९ प्रतिशत ब्याज तय गरेका फाइनान्सहरुले कार्तिक महिनाको लागि भने अधिकतम मुद्दती खातामा १०.७५ प्रतिशतसम्म ब्याजदर पु¥याएका छन् ।
फाइनान्स कम्पनीहरुले वचत खातामा न्यूनतम ५.७५ देखि ६.५ प्रतिशतसम्म व्याजदर घोषणा गरेका छन् भने मुद्दती खातामा ८.५ प्रतिशतदेखि १०.७५ प्रतिशतसम्म ब्याजदर दिने सूचना प्रकाशित गरेका छन् ।
गोर्खाज फाइनान्सले वचत खातामा ६ देखि साढे ६ प्रतिशत र मुद्दती निक्षेपमा न्यूनतम साढे ८ प्रतिशतदेखि साढे १० प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका छन् ।
त्यस्तै मञ्जुश्री फाइनान्सले पनि वचत खातामा ६ देखि साढे ६ प्रतिशत र मुद्दती खातामा साढे १० प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ ।
पोखरा फाइनान्सले वचत खातामा न्यूनतम ५.७५ देखि ६ प्रतिशतसम्म र मुद्दती निक्षेपमा १०.२५ देखि १०.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।
प्रतिक्रिया