इलाम, पाल्पा र मोरङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको छ । 

बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका वडा नं. २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका वडा नं. ४, नयाँबजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया