काठमाडौं - विभिन्न तीन बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सिटिजन्स बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र एन आई सि एसिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.७६ प्रतिशतदेखि अधिकतम ५.६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ९.२६ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.९३ प्रतिशत रहेको छ ।
एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ६५० प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ५ प्रतिशत देखि न्यूनतम १.२५ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा बैंकको ब्याजको आधारदर ५.९८ प्रतिशत कायम गरेको छ ।
एन आई सि एसिया बैंक लिमिटेड
एन आई सि एसिया बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा बैंकको ब्याजको आधारदर ६.८९ प्रतिशत कायम गरेको छ ।
प्रतिक्रिया