दशैँको शुभारम्भ भएसँगै हरेक नेपालीको घर आगँनमा नयाँ नोट भित्रिन्छन् । दशैं नजिकिएसँगै नेपालीहरुको घररपरिवारमा नयाँ नोटको खोजी हुन थाल्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन छ ।
यही प्रचलनलाई मध्यनजर गर्दै हरेक वर्ष नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट निस्काशन गर्छ । दशैंमा पूजाआजा तथा दक्षिणामा नयाँ नोट प्रयोेग गरिन्छ । नोटमा अबिर लाग्दा, पानीमा चोबलिदा नोटको आयु थोरै हुन्छ ।
नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोटको जतन गर्न आग्रह गरेको छ । नोटमा केरमेट नगर्ने, नोटलाई मैलो पार्ने कुनै कुरा नगर्न समेत बैंकले आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंकका प्रदेशस्थित सम्पुर्ण कार्यालयहरू तथा नोटकोष सञ्चालन गर्ने सम्पुर्ण वाणिज्य बैंकहरूबाट झुत्रो नोट साट्न सकिन्छ ।
सरकारले भदौ १ गतेदेखि मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ पनि लागू गरेको छ । उक्त ऐनमा, नोटमा लेख्ने र केरमेट गर्नेलाई पनि फौजदारी कसुर भनि परिभाषित गरिएको छ ।
नोटलाई काम नलाग्ने गरी च्यातेमा वा कसैले बैंक नोटमा लेखेमा वा कोरेमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजारसम्म जरिवाना हुने व्यवस्था ऐनमा छ ।
के हो झुत्रो नोट ?
झुत्रो नोट भन्नाले च्यात्तिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रंगिएको आदि नोटलाई जनाउँदछ ।
प्रतिक्रिया