काठमाडौं - दुई वटा विकास बैंकले कार्तिक महिनाको लागि ब्याजदर प्रकाशित गरेका छन् । एक्सेल डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
एक्सेल डेभलपमेन्ट बैंक
एक्सेल डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेको छ । एक्सेल कर्पोरेट प्रिमियम मुद्दती निक्षेप खातामा ११ प्रतिशत ब्याज दिने घोषणा गरिएको हो ।
एक्सेलको नियमित मुद्दती ब्याजदर ९।५ प्रतिशत मात्रै रहेको छ । एक्सेलले वचत खातामा ६ देखि ८ प्रतिशतसम्म ब्याज दिएको छ । यस्तै रेमिट्यान्स वचत खातामा भने ९ प्रतिशत ब्याजदर तोकेको छ ।
सिन्धु विकास बैंक
सिन्धु विकास बैंकले कार्तिक महिनाको लागि ब्याजदर प्रकाशित गरेको छ । बैंकले वचत खातामा ५.११ देखि ६.११ सम्म ब्याज निर्धारण गरेको छ । मुद्दती निक्षेपमा ९.०१ देखि १०.११ सम्म ब्याज तोकेको छ ।
प्रतिक्रिया