काठमाडौं - प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज निर्धारण गरिएको छ ।
त्यस्तै, मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ३ देखि ६ महिनासम्मका लागि ७.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ८ प्रतिशत, १ वर्षदेखि माथिको लागि ८.२५ प्रतिशत निर्धारण गरिएको छ ।
साथै संस्थागत तर्फ ३ देखि ६ महिनाका लागि ७.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ८ प्रतिशत र एक वर्षदेखि माथि अवधिका लागि ८.२५ प्रतिशत व्याज निर्धारण गरिएको छ ।
प्रतिक्रिया