आईसीएफसी फाइनान्सद्धारा १४ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

४ बर्ष अगाडि

काठमाडौं - आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज २५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया