काठमाडौं - ऋणपत्र जारी गर्नको लागि ६ वटा बैंक नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् । जसमा दुई विकास बैंक र तीन वाणिज्य बैंक रहेका छन् ।
अनुमतिको पर्खाइमा रहेका बैंकहरुले साढे ८ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज दिनेगरी ऋणपत्र बिक्री गर्न अनुमति मागेका हुन् । अनुमति माग्नेमा कामना सेवा विकास बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, एभरेष्ट बैंक, सिभिल बैंक र गरिमा विकास बैंक रहेका छन् ।
यी बैंकहरुले ऋणपत्र बिक्रीको अनुमति पाएसँगै १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा आउनेछ ।
प्रतिक्रिया